बिर्तामोड , कात्तिक २ । पंचकन्या ग्रुप र प्लम्बर हकहित कोषले प्लम्बर स्वर्गीय सन्तोष गुरुङको परिवारलाई सहयोग गरेको छ ।

तीन चरणमा गरी ७८ हजार ५०० रुपैयाँ गुरुङ परिवारलाई सहयोग गरिएको हो । मृतककी श्रीमती सृजना गुरुङलाई उक्त रकम हस्तान्तरण गरिएको हो । पहिलो चरणमा असार २३ गते १५ हजार,दोस्रो चरणमा भाद्र २२ गते ३३ हजार ५०० र तेस्रो चरणमा आज ३० हजारको चेक हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा पंचकन्या ग्रुपका प्रमुख सेल्स मेनेजर विकास कर्ण,कोशी प्रदेश सेल्स प्रमुख शर्बु भण्डारी,बिर्तामोड डिपो प्रमुख मोहन थापा,श्रीज्योति ट्रेडिङ प्रा.लि. का झलक खत्री,प्लम्बर हकहित कोषका सचिव प्रेम आचार्य र प्लम्बर शम्भु मेचेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पंचकन्या ग्रुपका प्रमुख सेल्स मेनेजर कर्णले आफ्नो भनाई राख्दै पंचकन्या ग्रुप सँधै प्लम्बरहरुको साथमा रहेको र उनीहरुको हरेक दुःखसुखमा सहयोग गर्दै आएको धारणा राखे ।साथै हरेक प्लम्बरहरुको साथमा पंचकन्याको एक मात्र प्लम्बर कुपन हुने हो भने पनि कम्पनीले स्वतः बिमा गरेझै राम्रै सहयोग गर्ने योजना रहेको जानकारी दिए ।

श्रीज्योति ट्रेडिङका खत्रीले आफूहरु सदैब प्लम्बरहरुको हकहितको निम्ति काम गर्दै आएको भन्दै स्व.गुरुङको परिवारलाई सानै भएपनि सहयोग गर्न पाएकोमा सन्तुष्टि ब्यक्त गरे । कार्यक्रममा बोल्दै प्लम्बर हकहित कोषका सचिव आचार्यले मजदुर एकता आवश्यक रहेको र यस्तै प्रकारका साह्रो गाह्रो अप्ठ्यारोमा काम लाग्ने भनेर नै प्लम्वर एकताको लागि आफू लागिपरेको जानकारी दिए । प्लम्बर सहायक गुरुङको गत असार ६ गते निधन भएको थियो ।

सहयोग गर्नेहरुको नाम
१) पंचकन्या ग्रुप रु.५४,५००
२) श्रीज्योति ट्रेडिङ रु.८,०००
३) जय माता ट्रेडर्स रु.३०००
४)प्लम्बर हकहित कोष रु.१३,०००

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्