झापा , कात्तिक ५ । गोठ बनाउन गएका ओखलढुंगा खिजिदेम्बाका दुतमान सुनुवारको लडेर मृत्यु भएको छ ।
खिजिदेम्बा–६ एलुङ खोला घर भई हाल मोलुङ– ६ चेप्टेस्थित दाई पर्ने इन्द्रबहादुर सुनुवारको घरमा बस्दै आएका ५० वर्षीय दुतमान सुनुवार शनिवार दिउँसो ४ बजे गाईगोठ बनाउन जान्छु भनी घरबाट हिडेका थिए । राति अबेरसम्म पनि घर फर्की नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा आइतवार विहान ९बजे घरदेखि ४ सय मिटर पश्चिमपट्टि बाटोभन्दा ६ मिटर मुनि लडेर मृत अवस्थामा फेला परेका थिए ।
घटनास्थल सुरक्षित राखिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट टोली खटिएको प्रहरीले जनाएको छ ।