झापा,कात्तिक ५ । असोज ११ र १२ गते आएको बाढी र पहिरोले पाँचथर जिल्लाका २१ वटा विद्यालयमा क्षति पुगेकोे छ । शिक्षा तथा समन्वय इकाइ पाँचथरले २१ विद्यालयमा क्षति भएको तथ्याङ्क सङ्कलन गरेको हो ।
२१ मध्ये ८ वटा विद्यालय उच्च जोखिममा रहनुका साथै पठनपाठन गर्न नसक्ने अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख युगमणी सवेहाङले बताए । सवेहाङका अनुसार सबैभन्दा धेरै क्षति तुम्बेवा गाउँपालिकाका विद्यालयहरुमा पुगेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्क अनुसार कुम्मायकको सिंहबाहिनी आवि, फिदिम ९ को लुम्फावुङ आवि, फिदिम ७ को कालिका आवि, फालेलुङ ३ को सिंहकालि आवि, तुम्वेवा ४ को सुनगाभा आवि, तुम्वेवा १ को सिंहवाहिनी आवि, कुम्मायक १ को खाल्डे आवि, फाल्गुनन्द ४ को पैयाबोटे आवि, फिदिम १२को युवराज आवि, फिदिम ६ को काफलबोटे आवि, फालेलुङ २ को मोतिराम मावि, फालेलुङ ५को सिंहबाहिनी आवि, फालेलुङ ६ को दिपज्योती आवि, फालेलुङ ४ को बाह्रविसे आवि, फालेलुङ ४ कै मेमेङ मावि, तुम्वेवा ३ को इन्द्रायणी मावि, तुम्वेवा २ को त्रिवेणी आवि, तुम्वेवा ४ को धुवाखोला आवि, तुम्वेवा १ को सरस्वती मावि, तुम्वेवा ३ को पञ्चमी आवि र तुम्वेवा ४ को अग्निका सिं आविमा बाढी पहिरोले क्षति पु¥याएको हो । क्षतिग्रस्तमध्ये आठवटा विद्यालय भवन निर्माण नभएसम्म पठनपाठन गर्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्