झापा, कात्तिक ६ । आदिवासीहरुलाई तिहारमा सन्ठी नभई नहुने भएपछि यतिबेला उनीहरु सन्ठी खोज्न भौतारिरहेका छन् ।
झापामा जुटको खेती हुन छाडेपछि सन्ठी अभाव भएको हो । उहिले मागेर पाइने सन्ठी अहिले किन्न पनि पाइदैन । सोमवार बिर्ताबजारको हटियामा एकजना महिलाले पचास रुपैयाँ मुठो सन्ठी बिक्री गरेकी छन् । आदिवासीहरुलाई तिहारमा देवतालाई चढाउन र हुकाहुकी खेल्न सन्ठी चाहिन्छ ।