झापा, कात्तिक १० । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।
सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन गर्ने निर्णय भएको बताए ।
उनले भने, ‘‘नेपालको जलवायु परिवर्तनमा समन्वयको कुरा अत्यन्त महत्त्वपूर्ण छ । वन तथा वातावरण मन्त्रालयमा भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रूपमा नामाङ्कन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ ।’’
उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रूपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताए । उनले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतीहरू महसुस गरिरहेको पनि उल्लेख गरे ।
‘‘जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रूपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ । जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतीहरू महसुस गरिरहेका छौँ ।,’’ सचिव खरालले भने, ‘‘जलवायु परिवर्तनको एउटा मुख्य कारक हुँदाहुँदै त्यसमा थपिएको हाम्रो पर्वतीय शृङ्खलाको एउटा संवेदनशील कारणले आफ्नो फाइदा पनि छ, यसको मूल्य पनि छ ।’’

सचिव खरालले जलवायु परिवर्तनका कारणले नेपालले ठुलो क्षति व्यहोरिरहेको बताए । जलवायु परिवर्तनको समस्या नेपालका कारण नभएको जानकारी उनले दिए ।

शनिबार काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशको पोजिसन पेपर बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्