झापा, कात्तिक ११ । नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।


साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेको थियो। टाइब्रेकरमा नेपालले ४–२ गोलले पराजित गरेको हो।

साफ वुमन्स च्याम्पियनसिपको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा नेपालले गरेको गोललाई मान्यता नदिएपछि विवाद भएको थियो।

आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालकी प्रिती राईले गरेको गोलमा सुरुमा रेफ्रीले गोलको मान्यता दिएका थिए तर भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएन। खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन्। भारतले गोल गरेलगत्तै नेपाली खेलाडीले भारतको पोस्टमा गोल गरेका थिए। भारतीय खेलाडीहरू गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो। अवरुद्ध खेल पुनः सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेर बराबरी बनाएकी थिइन्।

आइतवार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्