झापा , कात्तिक १३ । बिर्तामोड– ४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा रामकुमार गौतम निर्वाचित भएका छन् ।

उपनिर्वाचनअन्तर्गत हिजो भएको मतदानबाट २४८९ मतसहित गौतम उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी दुई कार्यकाल लेखा समितिको संयोजक रहेका थिए । सो पदका लागि चारजनाले उम्मेद्वारी दिएका थिए । उनका प्रतिष्पर्धीहरु गणेशप्रसाद पराजुलीले १९४ , गुञ्जन थापाले १६० र धर्मप्रसाद काफ्लेले ६९ मत ल्याएका छन् ।त्यस्तै लेखा समितिको सदस्यमा पदमकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । गत पुष ४ गते भएको निर्वाचनमा अध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित भएका थिए ।

उपाध्यक्ष र लेखा समितिको एक सदस्य पदमा सर्वसम्मत हुन सकेको थिएन । ती दुई पदका लागि उपनिर्वाचन गराइएको हो । निर्वाचन गराउन अधिवक्ता सुरज खत्री , सहकारी अभियन्ता डिल्ली दाहाल र नरबहादुर बस्नेत रहेको निर्वाचन समिति निर्माण गरिएको थियो । मतदानका लागि ६ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।

प्रचार प्रसारको जिम्मेवारी सम्हालेका संस्थाका सचिव भुपाल बस्नेतले विजेता र उपविजेता हुनेहरुलाई बधाई दिँदै निर्वाचनका लागि अहोरात्र खटिने निर्वाचन समिति र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्