झापा, कात्तिक १४ । मोरङ बेलवारीको फर्निचर उद्योगमा भएको आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ ।
गएराति १०.२०बजे बेलबारी –७ नहरचोक बस्ने गणेश चौधरीको फर्निचरमा आगलागी भएको हो । आगलागीबाट फर्निचरका सामान राख्नको लागि बनाएको घर, घरभित्र भएका फर्निचरका सामानसमेत जल्दा १५ लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बाहुनीबाट खटिएको टोली , दमकल र स्थानीयको सहयोगमा राति ११ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।