झापा , कात्तिक १४ । राष्ट्रिय स्वतन्त्र पार्टीले झापाको कन्काईमा विरोध प्रदर्शन गरेको छ ।

राजनीतिक प्रतिशोध साँध्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै पार्टीको कन्काई नगर समितिद्वारा राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यवद्धताका लागि प्रदर्शन गरिएको हो । सुरुङ्गाको ट्राफिक चोकबाट विरोध प्रदर्शन सुरु भई कन्काई ३ नं वडा कायालय जाने बाटो हँुदै एक्सेल डेभलपमेन्ट बैंक सुरुङ्गा अगाडि कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनको नेतृत्व नगर सभापति नन्दकुमार चुडालले गरेका थिए ।

कोणसभामा स्वतन्त्र समूहका शेरबहादुर थापा, नागरिक समाजका प्रेम खनाल, रास्वपाका कोशी प्रदेश प्रवक्ता कमल मैनाली, नगर सभापति नन्दकुमार चुडाललगायतले संबोधन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्