बिर्तामोड, कात्तिक २६ । झापाको बिर्तामोडमा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्था लि.को आगामी चारवर्षे कार्यकालका लागि अध्यक्ष पदमा पुनः नविन (नवराज) खरेल सर्वसम्मत चयन भएका छन् ।

सोमवार सम्पन्न निर्वाचन प्रक्रियाबाट खरेलको अध्यक्षतामा १४ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले जानकारी दिए ।उनका अनुसार समितिको उपाध्यक्षमा दिपेश प्रसाई, सचिवमा लक्ष्मीप्रसाद खरेल, सहसचिवमा इश्वरीप्रसाद काफ्ले, कोषाध्यक्षमा कृष्णप्रसाद कुइकेल चयन भएका छन् ।

यसैगरी, सञ्चालक समितिको सदस्यहरुमा रुद्रप्रसाद नेपाल, एकराज प्रधान, शारदा सिटौला, खेमबहादुर बस्नेत, राजेश दाहाल, टंकप्रसाद गौतम, मालिकलाल राजवंशी, देवेन्द्र मैनाली र खगेन्द्रप्रसाद चापागाईँ सर्वसम्मत चयन भएका छन् ।

दाहालको संयोजकत्वमा पत्रकारद्वय हिमाल खरेल र पुष्प बराल सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।

उक्त संस्था २०६६ सालमा स्थापना भएको हो । झापाको बिर्तामोड —४ मा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीमा एक हजार चारसय ९० जना सदस्य रहेका छन् । संस्थाले बचत तथा ऋणको कारोबारसहित उपभोग्य सामग्रीको बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्