झापा , कात्तिक २८ । प्रहरीले सुनसरीको धरानबाट ठूलो परिमाणमा गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
आज मंगलवार राति साढे ११ बजे प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले छापा मारेर धरान १७ मा बस्दै आएका ४४ वर्षीय मणिराज राईलाई १० बोरा (३०२ केजी) गाँजासहित पक्राउ गरेको हो ।
धनकुटा साँगुरीगढी गाउँपालिका ८ घर भई राईले धरान १७ मा सुप्रिम एग्रिकल्चर फर्म चलाउँदै आएका थिए । बाँसको टहराभित्र गाँजा लुकाएरर राखेको गोप्य सूचनाको आधारमा राति छापा मारी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । राईलाई गाँजासहित इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।