झापा, मंसिर १ । नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् ।
नेकपा एमाले इलामको ११ औं जिल्ला अधिेवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रतिष्पर्धी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतले पराजित गरी बराल निर्वाचित भएका हुन् । बरालले ३८१ मत ल्याउँदा भट्टराईले १९५ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा उदय राई २५० मतसहित विजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु उमेश गुरूङले १८४ र बुद्धि खनालले १३७ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा रबिन्द्र सुवेदी २९२ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिष्पर्धी प्रकाश अधिकारीले २६८ मत पाएका छन् ।
त्यस्तै चारजना प्रतिष्पर्धी रहेको उपसचिवमा रमेश राई १७९ मत ल्याएर निर्वाचित भएका छन् । सो पदमा उम्मेद्वारी दिएका यामबहादुर राईले १३४,छबि श्रेष्ठले १५३ र मानबीर लुहागुनले ५६ मत पाएका छन् । त्यस्तै महिला उपसचिवमा दिलु लावती विजयी भएकी छन् । उनले ३०९ मत ल्याउँदा उनका प्रतिष्पर्धी विष्णुमाया आचार्यले २१७ मत पाएकी छन् । कुल ५८८ मतदाता रहेकोमा ५८१ मत मात्र खसेको थियो ।