झापा,मंसिर ४ । धनकुटा नगरपालिकाले मंगलबार एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनीको आयोजना गरेको छ । २०७५ सालमा एभोकाडोको राजधानी घोषणा गरेको नगरपालिकाले विगतमा एभोकाडो महोत्सव आयोजना गर्दै आएको थियो। यस वर्ष भने एभोकाडोसहित अन्य स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरेको हो।
एभोकाडो लगायत स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख चिन्तन तामाङले बताए। कृषि क्षेत्रको प्रोत्साहन र बजारीकरणको लागि नगरपालिकाले योजना प्राथमिकतामा राखेको उनले जनाए।
प्रदर्शनी कक्षमा विभित्र २० स्टलहरु समावेश छन्। प्रदर्शनीको उद्घाटन कोशी प्रदेशसभाका सदस्य निरन राईले गरेका थिए। उक्त अवसरमा कृषकहरुले विचौलियाका कारण आफ्ना उत्पादनको उचित मूल्य हात नपरेको गुनासो गरे। कार्यक्रममा विभित्र सांस्कृतिक प्रस्तुति तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्