झापा , मंसिर ४ । बिर्तामोड–७ स्थित कन्चन अंग्रेजी स्कुलले आफ्ना विद्यार्थीहरुलाई निःशुल्क आँखा जाँच गराएको छ ।

विद्यालय आँखा जाँच कार्यक्रमअन्तर्गत विद्यालयले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर संचालन गरेको थियो । एकदिने निःशुल्क शिविरमा ५२० जना विद्यार्थीहरुको आँखा जाँच गरिएको विद्यालयका संचालक डिल्लीराम चम्लागाँईले बताए । उनका अनुसार २४ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरणसमेत गरिएको छ ।

शिविरमा २३ जना विद्यार्थीको आँखामा समस्या देखिएपछि उनीहरुलाई मेची आँखा अस्पताल रिफर गरिएको छ । मेची आँखा अस्पतालका हेल्थ एजुकेशन अफिसर युवराज बोहोरा नेतृत्वको टोलीले आँखा जाँच गरेको थियो । शिविरमा विद्यालयका संचालक तथा प्रिन्सिपल दीपक चम्लागाँई , संचालकहरु बद्री बास्कोटा , डिल्लीराम चम्लागाँईलगायत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्