झापा , मंसिर ८ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को बिर्तामोड अध्यक्षमा सुरेन्द्र खरेल निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न तेस्रो नगर अधिवेशनबाट खरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा अमृत बस्नेत,सचिवमा दीपाङ्कर मैनाली, सहसचिवमा पुण्यप्रसाद उप्रेती, कोषाध्यक्षमा प्रमिला बजागाईं र सह–कोषाध्यक्षमा दीपक चम्लागाईं चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा रहमत अन्सारी, कुलदीप घिमिरे, सन्देश मल्ल सर्वसम्मत चयन भएका छन् ।प्याब्सन नगर अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सनका पूर्व केन्द्रीय सदस्य गुरुभक्त न्यौपाने रहेका थिए ।
प्याब्सन बिर्तामोड कमिटीको १३ वर्ष नेतृत्व गरेर खनाल विदा भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका पूर्व केन्द्रीय सदस्य न्यौपाने, रामप्रसाद सिटौला, छत्रबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।प्याब्सन नगर कमिटी सह–सचिव देवेन्द्र हुमागाईंले स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र खरेलले गरेका थिए ।