झापा, मंसिर १० । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को कन्काई अध्यक्षमा बिनोद उप्रेती चयन भएका छन् ।
छैटौं साधारणसभा तथा तेस्रो अधिबेशनबाट अध्यक्षमा उप्रेती सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सचिवमा गोकुल उप्रेती , कोषाध्यक्षमा विमान लामा तामाङ तथा सदस्यहरुमा गोपाल संग्रौला र रोशन के सी (खत्री) सर्वसम्मत चयन भएका छन् ।
निर्वाचनका लागि प्याब्सनका केन्द्रीय सदस्य एलपी उप्रेतीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्य तथा नगर अध्यक्ष विनोद सुब्बाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा कोषाध्यक्ष विनोद उप्रेतीले आर्थिक र सचिव मोहन थापाले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।