झापा, मंसिर १० । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको दशौं वार्षिक साधारणसमा तथा पाँचौ अधिवेशनले क्वालिटी कम्प्युटरका निर्देशक शुभ कुमाई पाठकको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रन्जितकुमार पोद्धारको प्रमुख आतिथ्यमा आइतवार बिर्तामोडमा सम्पन्न वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
नेतृत्व चयन गर्न अधिवक्ता पवन कार्कीको संयोजकत्वमा क्यान कोशी प्रदेशका अध्यक्ष रोशन दाहाल र पूर्व केन्द्रीय सदस्य दिपेश पाठक सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचन समितिले लोकनाथ खनाल (लोकप्रिय), खगेन्द्र मिश्र, बिनोद श्रेष्ठ, जेनिशा पोखरेल, योगेश राजवंशी, तोषराज ठाकुर र वाप्पा साहालाई सदस्यमा सर्वसम्मत चयन गरेको छ । यस्तै क्यान झापाको संस्थागत कार्यसमिति सदस्यमा साझामञ्च मिडियाका प्रधान सम्पादक गोपाल काफ्लेलाई चयन गरिएको छ ।
क्यान झापाका सचिव लोकप्रिय खनालले सञ्चालन गरेको साधारणसभामा अध्यक्षको प्रतिवेदन कृष्णप्रसाद घिमिरे, सचिवको प्रतिवेदन लोकप्रिय खनाल र कोषाध्यक्षको प्रतिवेदन विनोद श्रेष्ठले प्रस्तुत गरेका थिए ।
क्यान कोशी प्रदेशका अध्यक्ष रोशन दाहाल, साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललगायतले मन्तब्य राखेको कार्यक्रममा हेल्भेटास नेपालको सहयोगमा कनकाई पोलिटेक्निक इन्स्टिच्युट दुर्गापुरमा २ वर्षे डिप्लोमा कोर्ष पूरा गरेका पहिलो ब्याचका २० जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।