झापा,मंसिर ११ । सडक अतिक्रमण गरेर बनाइएका धुलाबारी बजारका घर टहराहरु मेचीनगर नगरपालिकाको डोजरले हटाउन थालेको छ ।
आज बिहान ११ बजेबाट मेचीनगर १० स्थित धुलाबारी बजारभित्र सडक अतिक्रमण गरेर बनाइएका घर टहराहरु मेचीनगर नगरपालिकाको डोजरले जनप्रतिनिधि र नगर प्रहरीको उपस्थितिमा भत्काउन थालेको हो । विश्व बैंकको सहयोगमा धुलाबारीबाट शान्तिनगर जोड्ने सडक फराकिलो रुपमा कालोपत्रे बन्न लागेको छ ।
त्यस सडकमा परेका अतिक्रमित संरचनाहरु हटाएको जनाइएको छ । हालसम्म करिब २०० मिटर क्षेत्र क्लियर गरिएको नगरपालिकाले जनाएको छ ।