झापा, मंसिर १३ । झापाको गौरीगञ्जमा आगलागी भएको छ ।
आज साँझ ६ बजेतिर भएको आगलागीबाट गौरीगन्ज –१ भन्सार टोलका नौलोसिंह थापाको ग्वाली र भान्सा जलेर नष्ट भएको छ । आगलागीबाट ४ वटा बाख्रा जलेर मरेका छन् भने २ विगाहको धान र इलेक्ट्री साइकल २ वटा पूर्ण रुपमा जल्दा अन्दाजी २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गौरादह र शिवसताक्षी नगरपालिकाको दमकल , इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो साँझ ७.२२ बजे नियन्त्रणमा आएको गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिएका छन् ।