झापा, मंसिर १३ । साइवर अपराधको कसुरमा प्रहरी हिरासतमा रहेका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंका सहयोगी माधव कल्पित(माधवप्रसाद खतिवडा)लाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनलाई हिजो साइबर व्युरोले नियन्त्रणमा लिएको हो । अभद्र व्यवहारको मुद्धामा अनुसन्धान गर्नका लागि अदालतले कल्पितलाई २४ दिनसम्म थुनामा राख्न आदेश दिएको कल्पितकी श्रीमती सुजना खतिवडाले बताएकी छन् । कल्पितले आज बेलुका ५ बजेदेखि प्रहरी हिरासतमा अनसन थालेको सुजनाले जानकारी दिएकी छन् ।
झापा नाटक घरका संस्थापक कल्पित केही समयदेखि प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, र नागरिक बचाउ महाअभियानमा लागेका थिए ।