झापा, मंसिर १६ । झापाको झापा गाउँपालिका–५ खाताबस्तीबाट सशस्त्र प्रहरी बलले नगद ५ लाख ५० हजार बरामद गरेको छ ।

आज बिहान अन्दाजी १०.३० बजे झापा–५ खाताबस्तीको पुलनजिक सशस्त्र प्रहरी बल बिओपी पन्थापाडाबाट खटिएको टोलीले बिशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीलाई शंका लागेर चेकजाँच गर्न खोज्दा उक्त ब्यक्ति ब्याग फालेर फरार भएका थिए । सो ब्याग खोली हेर्दा नगद ५ लाख ५० हजार नेपाली रुपैयाँ रहेको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक. महेशराज विष्टले बताए ।

उनले बरामद भएको एक हजारका नोट ३०८ थान र पाँच सयका नोट ४८४ थान राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्