झापा , मंसिर १६ । कन्काई ६ मा भएको मतदानको आज राति ८ बजेदेखि गणना गरिने भएको छ ।
आज साँझ कन्काई –६ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष पदका उम्मेदवारहरुलगायतको उपस्थितिमा भएको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । बैठकले ५ सय मत गणना गरिसकेपछि मत परिणाम सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।
कनकाई ६ मा वडाध्यक्ष पदको लागि भएको मतदानमा कुल १५१३ मत खसेको छ । जम्मा २०५८ मतदाता रहेको सो वडामा पुरुष ६८९ र महिला ८२४ गरी कुल १५१३ अर्थात ७३.५१ प्रतिशत खसेको हो । बिहान ७ बजेदेखि शुरु भएको मतदानको समय बेलुका ५ बजेसम्मका लागि तोकिएको थियो । निर्वाचनमा ८ राजनीतिक दल र एक स्वतन्त्र गरी ९ जना उम्मेद्वार निर्वाचनमा होमिएका छन् ।