बिर्तामोड, मंसिर १६ । गोर्खा फाउन्डेशनका अध्यक्ष वीरु दर्नाल सम्मानित भएका छन् ।

दमाई समाज खर्साङका अध्यक्ष प्रकाश सेवाको नेतृत्वमा आएको ११ जनाको टोलीले दर्नाललाई बिर्तामोडमै आएर सम्मान गरेको हो ।सामाजिक सेवामार्फत् दमाई जातिलाई अगाडि बढाउँदै जातीय पेशाको प्रवर्द्धन गरी टेलरिङ , पत्रकारिता तथा समाजसेवामा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै दर्नाललाई सम्मान गरेको जनाइएको छ ।

गत मंसिर २ गते खर्साङमा आयोजित दमाई समाजको ७८ औं वार्षिकोत्सवको अवसरमा दर्नाललाई सम्मान गर्ने कार्यक्रम रहेको थियो । मंसिर २ गते दर्नालकी आमाको १२ औं दिनको शुद्धिशान्ति कार्यक्रम परेकाले उपस्थित हुन नसकेका दर्नाललाई आज बिर्तामोडमै आएर समाजले सम्मान गरेको अध्यक्ष सेवाले जानकारी दिए । नेपालबाट लेखक तथा अध्येता डिबी नेपाली ( दमु ) र दर्नाललाई उक्त सम्मान प्रदान गरिएको हो । सम्मानित ब्यक्तित्व दर्नालले धन्यबाद मन्तव्य राख्दै दुई देशबिचको सम्बन्ध विकास गर्न र समुदायको उन्नतिका लागि यो सम्मानले पुलको काम गरेको बताए । कार्यक्रममा नौमती सगुन समाजका अध्यक्ष सुवास त्रिखत्री , अग्रज टिकाराम शिवा , साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठलगायतले बोलेका थिए ।

समाजका प्रचारप्रसार सचिव उमेश कार्की ढोलीका अनुसार दिपेन सेवा , सुरज नौवाग , नवीन शिवा , दिनेश सेवा , बीबी परियार , गौरी जैरु , रीता सेवा र प्रिया सेवाको टोली खर्साङबाट आएको थियो ।

नौमती सगुन समाजका अध्यक्ष सुवास त्रिखत्री , वरिष्ठ उपाध्यक्ष पदम दर्नाल , महासचिव महेन्द्र दास , कोषाध्यक्ष रोशन नेपाली , सदस्य दिनेश दासलगायतको समन्वयमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्