झापा,मंसिर १७ । पूर्वी नाकामा चाइनिज लाइटर, लसुन र सुपारीको तस्करी बढेको छ ।

नेपालबाट भारततर्फ चाइनिज लाइटर र सुपारीको तस्करी बढेको हो भने भारतबाट लसुन भित्र्याउने क्रममा बृद्धि भएको हो । यसैबीच हिजो दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नं.६ पिंङकीठ्याक हुँदै नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी ४० हजार मूल्यबराबरको ४ काटुन लाईटर , अन्दाजी १ लाख ६८ हजार मूल्यबराबरको २१० के.जी. सुपारी प्रहरीले बरामद गरेको छ ।

त्यस्तै मेचीडाँडा हुँदैं भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १० हजार मूल्यबराबरको २५ के.जी. लसुन प्रहरीले बरामद गरेको छ । ती अवैध सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्