झापा, मंसिर १८ । गएराति झापाको कन्काईमा आगलागी भएको छ ।

राति ८.१० बजेतिर कन्काई– ३ बस्ने तिला पाठकको घर छेउको परालको कुन्यूमा अचानक आगलागी भएको हो । स्थानीय , इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली , बिर्तामोड र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट १० हजारबराबरको क्षति भएको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्