झापा, मंसिर १८ । भरुवा बन्दुकसहित मोरङको सुनवर्षीबाट प्रहरीले मंगलबार दिउँसो एकजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–७ बरडंगाका ओमप्रकाश यादवलाई पक्राउ गरिएको हो । यादवको घरमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले दिउँसो १२ः १५ बजेतिर छापा हानेको थियो ।

त्यसक्रममा यादवको घरमा बन्दुक भेटिएको हो । बन्दुकसहित यादवलाई पक्राउ गरेर प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्