झापा, मंसिर २० । गोल्डेन अस्पताल विराटनगरका चिकित्सकलाई कार्वाहीको माग गर्दै मृतकका आफन्तहरुले चक्काजाम गरेका छन् ।
हिजो साँझ ६ः२५ देखि ६ः५० बजेसम्म सुनसरीको कोशी गाउँपालिका ८ भन्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा टायर बालेर बाटो अवरोध गर्नुका साथै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए । मंसिर १३ गते इटहरी– १२ खनारमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा कोशी गाउँपालिका ८ बस्ने २७ वर्षीय आशिक आलम घाइते भएका थिए ।
उनलाई उपचारका लागि गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा हिजो आलमको मृत्यु भएको थियो । अस्पतालका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आफन्तको आरोप रहेको छ ।