झापा, मंसिर २२ । झापाको कन्काईमा छोटा हात्ती गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
आज बिहान ८ः५५ बजे कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुरको पूर्व बस स्टेन्डस्थित राजमार्गमा बिर्तामोडबाट सुरुङगातर्फ जाँदैं गरेको ना ४ च ४०८४ नं.को छोटा हात्ती गाडीले बाटो क्रस गर्दै गरेका पैदलयात्री कनकाई ८ बस्ने ६५ वर्षीय गर्बसिंह राईलाई ठक्कर दिएको थियो । घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पतालमा लगि उपचार भइरहेकोमा उपचारको क्रममा बिहान ९ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडी र गाडी चालक पर्सा बिरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने ३० वर्षीय दिपक गुप्ता इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।