झापा, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने राष्ट्रिय स्वतन्त्र पार्टीका थप ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
गौरादहको कार्यक्रम सकेर प्रधानमन्त्री ओली बिर्तामोडतर्फ आउँदै गर्दा कन्काईको सुरुङ्गामा रास्वपाका नेता कार्यकर्ताहरुले नाराजुलुसहित कालो झण्डा देखाएका थिए । त्यसक्रममा ९ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा रास्वपाका झापा जिल्ला उपसभापति प्रकाश पाठक, बिर्तामोड नगर अध्यक्ष अर्जुन उप्रेती , क्षेत्र नं.२ का क्षेत्रीय सचिव दिपक दाहाल, झापा क्षेत्र नं. ४का क्षेत्रीय सभापति शम्भु सुस्केरा , शिवसताक्षी नगर कोषाध्यक्ष रमेश घिमिरे ,कोशी प्रदेश कानुन बिभाग प्रमुख सुरेशकुमार पोख्रेल , भद्रपुर नगर संयोजक लक्ष्मण बस्नेत , भद्रपुर नगर सभापति प्रेम न्यौपाने र क्षेत्र नं.२ क्षेत्रीय सभापति कमलमोहन उप्रेती रहेका छन् ।