झापा, मंसिर २६ । आफ्नै दाजुसंग झगडा गर्नेक्रममा संखुवासभा मकालु –२ बुम्लिङ बस्ने ३० वर्षीय लाक्पा शेर्पा भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

गएराति ९.३० बजे आफ्नै दाजु ३५ वर्षीय दोर्ची शेर्पासंग झगडा गरिरहेका लाक्पाको घरमा प्रहरीले खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको हो । लाक्पाको जस्ताले छाएको टाडे घरभित्र कपडाको एकतर्फी भिर्ने झोलाभित्र राखेको अवस्थामा बारुद अन्दाजी ५० ग्राम फेला परेको थियो भने उनकै बुबा ६५ वर्षीय पेम्बा छिरिङ शेर्पाको घरको पुजा कोठामा लोड गरेको एक थान भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले जनाएको छ ।

लाक्पालाई नियन्त्रणमा लिई प्रहरी चौकी मकालुमा राखिएको छ । दाजुभाईबीचको झगडामा दुबै जना सामान्य घाइते भएको जनाइएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्