झापा, मंसिर २६ । कन्काई नगरपालिका वडा नम्वर ८ स्थित बिरिङ पुलमा यात्रुबाहक बसको ठक्करबाट बाबुछोरा घाइते भएका छन् ।
आज बिहान १०.३० बजे बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै मे. १ ख १७३० नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको मे.१० प १५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर ११ बस्ने ३० वर्षीय भिमप्रसाद खनाल र उनका बुवा ६३ वर्षीय कृष्णप्रसाद खनाल गंभीर घाइते भएका छन् ।
भिमप्रसादको अनुहार, दाहिने हात, बायाँ खुट्टामा चोट लागेको छ भने कृष्णप्रसादको टाउको, दाहिने खुट्टामा चोट चोट लागेको छ । दुवै जना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
बस र बस चालक कन्काई नगरपालिका वडा नं.२ सुरुङ्गा बस्ने ४१ वर्षीय चन्द्रप्रसाद ढकाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको प्रहरीले जनाएको छ ।