झापा, पुष २ । इलाममा बिग्रेको ट्रक बनाउनेक्रममा ट्रकले च्यापिएर चालकको मृत्यु भएको छ ।

गएराति १२.५ बजे इलाम माङसेबुङ–. ३ सल्लेनीस्थित भित्री सडकखण्डमा रबिबाट दमकतर्फ गोलिया बोकेर आउँदै गरेको ना ३ ख ६०३७ नं.को ट्रकको पछाडीको दाहिने साइडको चक्काको हेङगर बल्टु भाँच्चिएको थियो । त्यसलाई बनाउने क्रममा गाडी उठाउने जग चिप्लिन गई उक्त ट्रकको बडीले च्यापिई ट्रक चालक पाँचथर हिलिहाङ – ७ भारपा बस्ने ३८ वर्षीय कुमार तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाबारे प्रहरी चौकी बाँझोमा जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्