झापा,पुष ६ । दुर्गा प्रसाई रिहा भएलगत्तै उनी नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले फेरि गतिविधि थालेको छ ।
यसक्रममा नागरिक बचाउ महाअभियानले झापाको शिवसताक्षीमा र्याली र कोणसभा गरेको छ । नागरिक बचाउ महाअभियान शिवसताक्षीको आयोजनामा शिवसताक्षी– ६ शिवगञ्ज बजारमा शान्तिपूर्ण विजय र्याली निकालिएको हो ।
र्यालीपछि नागरिक बचाउ महाअभियानकी शिवसताशी नगरपालिका नगर संयोजक मिनाकुमारी राउतको अध्यक्षतामा भएको कोणसभामा संस्थापक सदस्य प्रेमदिप लिम्बू , केन्द्रीय सदस्य भानु सिटौला, लघुवित्त पीडित संघका झापा जिल्ला संयोजक उमाकान्त अधिकारीलगायतले संबोधन गरेका थिए । उनीहरुले यो दलालहरुको सरकार भएको आरोप लगाउँदै दुर्गा प्रसाईं एउटा विचार भएकाले सरकारले थुन्दैमा आन्दोलन नसकिने बताएका थिए ।
र्यालीका सहभागीहरुले ‘अभियन्ताहरुलाई लगाइएका झुटा मुद्दा खारेज गर, भ्रष्टाचारी जोगाउने गठबन्धन सरकार राजीनामा दे’लगायतका नारा लगाएका थिए ।पक्राउ परेको एक महिना एक दिनपछि प्रसाईं हिजो रिहा भएका हुन् ।