झापा , पुष ९ । झापाको अर्जुनधारामा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

दुई दिनदेखि हराइरहेकी अर्जुनधारा नगरपालिका वडा नं.११ लक्ष्मीधाप बस्ने अन्दाजी ५१ वर्षीया बिमला दर्जी आज दिउँसो पोखरीमा डुबिरहेको अबस्थामा मृत फेला परेकी हुन् । आइतवार दिउँसो ३ बजे कोही कसैलाई नसोधी उनी घरबाट हिडेकी थिइन् ।

खोजतलास गर्दै जाँदा सोही ठाउँ बस्ने भुपाल गिरीको माछा पोखरीमा आज दिउँसो १२.३० बजे उनी मृत फेला परेकी हुन् । मृतकका छोरा बिमल दर्जीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउन साथ प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्