झापा, पुष १८ । झापाको कचनकवलमा धानको कुन्यूमा फेरि आगजनी भएको छ ।

आज बिहानको राति अन्दाजी १ः४५ बजे कचनकवल गाउँपलिका वडा नं २ बकलामारीमा सोही ठाउँ बस्ने नारायणसिंह राजवंशीको ३ विघा खेतको दुईवटा धानको कुन्युमा आगजनी गरिएको हो । आगलागीबाट धानको कुन्यू पूर्णरुपले जलेर नष्ट हुँदा अन्दाजी २सय मन धान र पराल गरी करिव तीन लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि गत कात्तिक ३० गते कचनकवल–५ पाठामारी डाँगावारी निवासी मितु मियाको करिब एक विघा खेतको धानवालीमा आगजनी गरिएको थियो । गत वर्ष पनि पाठामारीमै करिव २ विघाको धानमा त्यसरी नै आगजनी गर्दा जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्