झापा, पुष २३ । निर्माण व्यवसायी संघ झापाको १६ औं साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

हिजो मनोनयन दर्ताका दिन धेरै पदहरुमा सर्वसम्मत भइसकेको छ । मुख्य अध्यक्ष पदका लागि आज निर्वाचन हुन लागेको हो । अध्यक्ष पदका लागि इन्जिनियर प्रकाशकुमार सिंह र रमेश अधिकारीले उम्मेद्वारी दिएका छन् ।
संघको प्रथम उपाध्यक्षमा केदार गिरी , द्वितीय उपाध्यक्षमा राजकुमार राई , तृतीय उपाध्यक्षमा नयन बराल , महासचिवमा पुष्पराज निरौला , सचिवमा लोकेन्द्र श्रेष्ठ , कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध भएका छन् । बाँकी अध्यक्ष , सहकोषाध्यक्ष र १० सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।
सहकोषाध्यक्षमा एंगल गुरुङ, सुरेश भट्टराई र सुरेन्द्र धिमालले उम्मेद्वारी दिएका छन् । त्यस्तै १० वटा सदस्य पदका लागि १५ जनाले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दिनेहरुमा मनोज उप्रेती , हेडम्बरराज निरौला , अजयकुमार देव , रमेश भण्डारी , गंगाप्रसाद गौतम , रोशन कार्की , प्रविण कटुवाल , ज्ञानबहादुर तामाङ, इन्जिनियर विवेक जवेगू, भरत भट्टराई , दिनेश मैनाली , उद्धव कुँवर , गोविन्दप्रसाद घिमिरे, आशिष बान्तवा र इन्जिनियर डालिम खड्का रहेका छन् । निर्माण व्यवसायी संघ झापामा ३७४ जना सदस्य रहेको निर्वाचन समितिका संयोजक गोपाल थापाले बताए ।