बिर्तामोड,पुष २३। अग्रसेन भवन बिर्तामोडको सेवा प्रारम्भको २५ औं वर्षगाँठको अवसरमा बृहत आँखा शिविर सम्पन्न भएको छ।

भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको रहेको थियो।
बिर्तामोड वडा नं .५का अध्यक्ष रोहित प्रसांई,बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने , भवनका संस्थापक अध्यक्ष तथा मेची आँखा अस्पताल संघका उपाध्यक्ष सुरेश वंशलको विशेष आतिथ्यता र विभिन्न संघ संस्थाका प्रमुखहरुको आतिथ्यतामा सम्पन्न शिविरमा ३३० जनाको निःशुल्क आँखा परीक्षण गरी औषधिसमेत वितरण गरिएको थियो।
बालाजी टोल विकास संस्था, बालाजी टोल नारी समूह र नेपाल अग्रवाल महिला मंचको संयुक्त आयोजनामा सम्पन्न शिविरमा छनोट भएका २१ जना विरामीहरूको आज निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गरिने अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले जानकारी दिए ।

नेपाल अग्रवाल महिला मंचकी अध्यक्ष दिपा खेडियाले स्वागत मन्तव्य,टोलवासीको तर्फबाट डा चन्द्र शर्मा दुलालले शुभकामना मन्तव्य ,भवन उपाध्यक्ष रमेश अग्रवालले आस्था वाचन गरेका थिए । कार्यक्रमको संचालन टोल समिति सचिव ज्ञानेन्द्र अधिकारीले गरेका थिए । शिविरमा मेची आँखा अस्पताल,सैनिकमोडको प्राविधिक सहयोग रहेको थियो ।
ती संस्थाहरूको संयुक्त आयोजनामा दोस्रो पटक शिविर आयोजना गरिएको टोल समिति अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।