झापा,पुष २३ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षालाई सुनिश्चित गर्न श्रम अडिटलाई प्रभावकारी बनाउने भएको छ । यसका लागि सामाजिक सुरक्षा कोष र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबीच सूचना आदनप्रदान गर्ने समझदारी भएको छ ।
श्रम अडिटलाई प्रभावकारी बनाउन कोष र बिभागवीच अनलाइन संयन्त्रलाई जोड्ने भएको हो । विभागले श्रम प्रशासनलाई चुस्त, दुरुस्त र छिटो छरितो तरिकाले अनलाइनबाट सेवा प्रवाह गर्न श्रमसम्बन्धी एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा छ । कोषको पनि आफ्नै अनलाइन संयन्त्र छ । अब यी दुई संयन्त्रको सूचना आपसमा जोडिँदा रोजगारदाता कोषमा आबद्ध भए नभएको विभागको जानकारीमा आउनेछ । विभागको तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
कोषका अध्यक्षसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव मुकुन्दप्रसाद निरौलाले अन्तरनिकायबीच एक अर्कालाई आवश्यक पर्ने सूचना तथा तथ्याङ्क आदानप्रदान गरी श्रमसम्बन्धी कानुनहरूको परिपालनाको साथै सामाजिक सुरक्षाको सुनिश्चतता गराउने बताए ।
श्रम मन्त्रालयका अनुसार दुवै निकायहरूले श्रम कानुनको परिपालना, सामाजिक सुरक्षाको सुनिश्चितताको विषयमा श्रम निरीक्षण, श्रम अडिट तथा अनुगमनका क्रममा प्रभावकारितामा वृद्धि हुनेछ । ‘श्रम कानुनको परिपालना नहुने अवस्थाको अन्त्य हुने, व्यवसायजन्य सुरक्षा र सामाजजिक सुरक्षाको प्रत्याभूति, औपचारिकताको प्रवद्र्वन हुने, असल श्रम सम्बन्ध कायम भई उत्पादकत्व वृद्धि हुनुका साथै श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनबाट सुशासन प्रवद्र्धन एवं समग्रमा श्रम सम्वन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा समेत टेवा पु¥याउने विश्वास लिइएको छ,’ श्रम प्रवक्ता डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्