बिर्तामोड , पुष २३ । माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले १६ औं वार्षिक साधारण सभामा ११ जनालाई सम्मान गरेको छ ।
उत्कृष्ट पत्रकार , उत्कृष्ट कर्मचारी , उत्कृष्ट बचतकर्ता , उत्कृष्ट ऋणी र एईईमा उत्कृष्ट छात्रछात्रालाई संस्थाले सम्मान गरेको हो । उत्कृष्ट पत्रकारको रुपमा अर्जुन राजवंशी सम्मानित भएका छन् । त्यस्तै उत्कृष्ट बचतकर्ताको रुपमा जोगेन्द्र चौधरी , लालबाबु शाह , त्रिलोक शाह , सुमित्रादेवी दास , सुकुमार घोष , अगिरति राजवंशी , उत्कृष्ट ऋणी सिदिक महमद , उत्कृष्ट कर्मचारी विश्वजीत हलवाई र एसईई परीक्षामा उत्कृष्ट कृष्ण राजवंशी , अनुष्का शाह र प्रेरणा गुप्तालाई सम्मान गरिएको हो ।
बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माले सो साधारण सभाको उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष देवेन्द्रकुमार सिंहको अध्यक्षता तथा वडाध्यक्ष शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने , बचत तथा ऋण सहकारी संघका बिर्तामोड इन्चार्ज विनोद न्यौपाने , धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष कृष्ण पौडेल , गौरवशाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लवकुमार चौधरी , अडिटर्स एशोसिएसन झापाका अध्यक्ष होमनाथ उप्रेती , संस्थाका संस्थापक अध्यक्ष धर्मराज माझी , पूर्व अध्यक्ष घनश्याम चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष राजकुमार राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन लेखा समिति संयोजक मनोजकुमार शाहले गरेका थिए ।
हाल १ हजार ८०२ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १ करोड ७१ लाख ५६ हजार १०० रुपैयाँ रहेको छ । त्यस्तै निक्षेप ३ करोड ६८ लाख ७२ हजार २३७ , ऋण लगानी ४ करोड ८ लाख ६३ हजार ७१९ र आम्दानी ८२ लाख ३४ हजार ७६८ रुपैयाँ गरेको संस्थाका व्यवस्थापक दीपक साफीले जानकारी दिए ।