झापा, पुष २३ । हमास आतङ्ककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीमध्ये ३४ जनालाई अपहरण मुक्त गर्ने भएको छ। सन् २०२२ को अक्टोबर ७ मा सयौं सर्वसाधारण अपहरणमा परेका थिए।
प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलसँग युद्धविराम भएमा पहिलो चरणमा बन्दी रिहा गर्ने सूचना सार्वजनिक गरेको हो। सो समूहले दिएको ३४ बन्धकको सूचीमा इजरायली नागरिक मात्र रहेका बताइएको छ। तर इजरायल सरकार भने यस विषयमा केही थाहा नभएको जनाएको छ। यसअघि आफ्नो नियन्त्रणमा एक सय जना बन्दी रहेको सार्वजनिक जानकारी गराएको हमास समूहले पहिलो सूचीमा ती ३४ जना रिहा गरिने जनाएको हो। दश जना १० महिलासहित ५० देखि ८५ वर्षसम्मका बन्दकलाई पहिलो चरणमा रिहा गर्न लागिएको तथा यसमा महिला, बालबालिका र बृद्धबृद्धालाई प्राथमिकता दिइएको हमासले सूचनामा जनाएको छ।सन् २०२२ को अक्टोबरमा हमासले गरेको सो आक्रमणमा परी १० जना नेपालीसहित एक हजार भन्दा बढीको ज्यान गएको थियो। सोही हमलापछि हमासका लडाकुले नेपाली युवा बिपीन जोशीलगायतलाई अपहरण गरेर प्यालेस्टिनी भूमितर्फ लगेका थिए। नेपाल सरकारले बिपीनको रिहाइका लागि कूटनीतिक प्रयासलाई जारी राखेको छ। केही समय अघिको एक भिडियो फुटेजमा बिपीन जिवीतै रहेको सूचना नेपालले प्राप्त गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्