झापा,पुष २३ । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको गीतमा कलाकारद्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठ प्रेमिल अवतारमा प्रस्तुत भएका छन् । गीतकार करुण थापाको शब्द र सङ्गीत रहेको ‘सपनीमा’ मा इन्दिरा जोशी र करण परियारको स्वर रहेको छ । चलचित्रका निर्देशक दीपेन्द्र गौचनले सङ्गीतप्रतिको आफ्नो लगावका कारण कथा सुहाउँदो गीत तयार पारिएको बताए । ‘मिसिङः केटी हराएको सूचना’ ले तराईको जीवन्त पृष्ठभूमिलाई आधार बनाएको छ । यसले पहाडी समुदायका युवा र मधेशी समुदायकी युवतीको रहनसहन र मेलमिलापबारेको कथालाई देखाउँछ । चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाललगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्