झापा, पुष २३ । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् ।

आज भएको मतदानमा १६३ मत ल्याई दमकका अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी भद्रपुरका इन्जिनियर प्रकाशकुमार सिंहले १४२ मत हासिल गरेका छन् ।

त्यस्तै सहकोषाध्यक्षमा सुरेन्द्र धिमाल निर्वाचित भएका छन् । सहकोषाध्यक्ष पदका लागि तीन जनाबीच कडा प्रतिष्पर्धा भएको थियो । त्यसमध्ये धिमाल १०४ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धीहरु एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यहरुमा प्रवीण कट्वाल २४६ , मनोज उप्रेती २२४ , इन्जिनियर विवेक जवेगू २२५ , गंगाप्रसाद गौतम २२४ , दिनेश मैनाली २२२ , ज्ञानबहादुर तामाङ २०० , इन्जिनियर डालिम खड्का १९९ , आशिष बान्तवा १९५ , उद्धव कुँवर १९३ र भरत भट्टराई १९१ मत ल्याई निर्वाचित भएका छन् । १० जना सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएका थिए ।

अध्यक्ष , सहकोषाध्यक्ष र सदस्यबाहेक बाँकी पदहरुमा यसअघि नै सर्वसम्मत भइसकेको थियो । संघको प्रथम उपाध्यक्षमा केदार गिरी , द्वितीय उपाध्यक्षमा राजकुमार राई , तृतीय उपाध्यक्षमा नयन बराल , महासचिवमा पुष्पराज निरौला , सचिवमा लोकेन्द्र श्रेष्ठ , कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध भएका थिए ।

निर्माण व्यवसायी संघ झापामा ३७४ जना सदस्य रहेकोमा ३०५ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिका संयोजक गोपाल थापाले बताए । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्माण व्यवसायी संघको सभाहलमा मतदान भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्