झापा,पुष २५ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहा भएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2025/01/332025-01-09-09-15-53-1024x576.jpeg)
जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । अदालतले तोकेको उक्त धरौटी बुझाएर लामिछाने बिहीवार साँझ रिहा भएको रास्वपा नेता सोविता गौतमले जानकारी दिइन् ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका हुन् । लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने सर्तमा कास्की अदालतले रिहा गर्न आदेश दिएको हो । उनलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर प्रहरीले परिवारको जिम्मा लगाएको हो ।