झापा, पुष २५ । आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा कोइला खानीमा फसेका नौ कामदारमध्ये एक जनाको शव फेला परेको छ ।

फेला परेको शव उदयपुरका ३५ वर्षीय गंगाबहादुर श्रेष्ठको भएको भारतीय प्रहरीले जनाएको छ ।आसाम राइफल्स, एनडीआरएफ र एसडीआरएफको संयुक्त टोली उद्धार कार्यमा संलग्न छ। उद्धारकर्मीहरूले निरन्तर कामदारहरूको खोजी गरिरहेका छन्। खानीभित्र अझै ८ जना फसिरहेका छन् ।

यसअघि एनडीआरएफ फस्र्ट बटालियनका डेपुटी कमान्डेन्ट एन तिवारीले समाचार एजेन्सी एएनआईलाई मंगलबार साँझ अपरेसन रोकिएको तर बुधबार बिहान फेरि सुरु भएको बताएका थिए। यी मजदुरहरू सोमबार बिहान करिब ८ बजे आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीबाट कोइला निकाल्न गएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्