झापा,पुष २७ । हेन्ले पासपोर्ट इन्डेक्सले विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरूको सूची सार्वजनिक गरेको छ । हेन्लेले आफ्नो राहदानीमा कति देशले आफ्ना नागरिकलाई भिसा, फ्री भिसा उपलब्ध गराउँछ भन्ने आधारमा विश्वका सबै १९९ देशलाई ¥याङ्किङ गर्छ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) बाट प्राप्त तथ्याङ्कका आधारमा तयार पारिएको सूचीमा यसपटक नेपालको वरीयतामा गिरावट आएको छ । नेपाल १०१ औँ स्थानमा रहेको छ । सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा रहेको थियो । नेपालको राहदानी भएका व्यक्तिले भिसा बिना ३९ देशमा यात्रा गर्न सक्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्