भद्रपुर, पुष २७ । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा २५३ मतका साथ केदार महत विजयी भएका छन् ।
आज सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ८०० मतदाता रहेको भद्रपुर रेडक्रसमा ४४१ मत खस्दा अर्का प्रत्यासी योगेन्द्र पौडेललाई १६८ मतमा रोक्दै महत विजयी भएका हुन् ।
यस्तै सचिवमा रमेश भण्डारी २३२ मतका साथ विजयी भए भने निकटतम् प्रतिस्पर्धी गणेश गिरीले १९० मतमा सीमित हुनु परेको छ । उपसचिवमा प्रमिला कोइराला २२४ मतका साथ विजयी भइन् भने प्रतिस्पर्धी तोर्णविक्रम कार्कीले १९३ मत पाएका छन् ।
त्यसैगरी खुल्ला ४ सदस्य पदमा रमला बराल २६५, विकास कोइराला २२९, मित्र अधिकारी २१२, नुतन पौडेल १९१ मतका साथ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।