झापा, पुष २८ । झापाका ५० वटा सहकारी संस्था निश्क्रिय बनेका छन् ।

झापामा ७५६ वटा सहकारी संस्था दर्ता रहेका छन् । त्यसमध्ये जिल्ला सहकारी संघमा ४९६ वटा संस्था आवद्ध छन् । तीमध्ये ५० वटा सहकारी संस्था निश्क्रिय रहेको जिल्ला सहकारी संघ झापाले जनाएको छ । ती सहकारी संस्थाहरु लामो समयदेखि निश्क्रिय रहेको जिल्ला सहकारी संघको २८ औं साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक चुडामणि ओझाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

निश्क्रिय रहेका सहकारी संस्थाहरुमा महिला विकास सहकारी संस्था मेचीनगर , मितेरी बचत तथा ऋण सहकारी संस्था मेचीनगर , दुवागढी कृषि सहकारी संस्था मेचीनगर , हिमालयन बचत तथा ऋण सहकारी संस्था मेचीनगर , परिचय महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगर , पूर्वक्षितिज सूर्योदय कृषि सहकारी संस्था मेचीनगर , जागरण कृषि सहकारी संस्था मेचीनगर , संगम नारी विकास बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड , रोचक कृषि सहकारी संस्था बिर्तामोड , उर्वरा कृषि सहकारी संस्था बिर्तामोड, नवज्योति अपाङ्ग तथा महिला बहुउद्दश्यीय सहकारी संस्था बिर्तामोड , गरिवी न्यूनीकरण बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, सँगालो महिला कृषि सहकारी संस्था बिर्तामोड , भिजन कृषि सहकारी संस्था बिर्तामोड, ऊर्जाशील कृषि सहकारी संस्था बिर्तामोड , सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था , पारिवारिक कृषि सहकारी संस्था भद्रपुर , मित्रता कृषि सहकारी संस्था हल्दीवारी ,ऐचोपैचो बचत तथा ऋण सहकारी संस्था भद्रपुर, अल्पादेवी बीउविजन उत्पादक सहकारी संस्था बुद्धशान्ति , फलदायी कृषि सहकारी संस्था बुद्धशान्ति , सामना सुपारी सहकारी संस्था बुद्धशान्ति , हितैषी कृषि सहकारी संस्था बुद्धशान्ति र जनआदर्श कृषि सहकारी संस्था बुद्धशान्ति रहेका छन् ।

त्यस्तै सरस्वती महिला कृषि सहकारी संस्था बुद्धशान्ति , दामा अधेरी कृषि सहकारी संस्था बुद्धशान्ति , कोपिला बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा , प्रतिभा महिला कृषि सहकारी संस्था अर्जुनधारा , कुम्भीटार बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा , टाङटिङ कृषि सहकारी संस्था अर्जुनधारा , माँ कालिका दुग्ध सहकारी संस्था अर्जुनधारा , सृजना बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा , चन्द्रज्योति कृषि सहकारी संस्था कन्काई , नवयुवा मत्स्यपालन सहकारी संस्था कन्काई , कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था दमक , नेपाल औषधी व्यवसायी सहकारी संस्था दमक , पाथीभरा दुग्ध उत्पादक सहकारी संस्था दमक , कञ्चन दुग्ध सहकारी संस्था दमक , नारायणी बचत तथा ऋण सहकारी संस्था दमक , नवरंग बचत तथा ऋण सहकारी संस्था दमक , मजबुत बचत तथा ऋण सहकारी संस्था दमक , माई पश्चिम बचत तथा ऋण सहकारी संस्था दमक , भाग्यशाली सहकारी संस्था कमल , नेपाल दुग्ध उत्पादक सहकारी संघ कमल,श्रमजीवी कृषि सहकारी संस्था कमल, क्याम्पा कृषि सहकारी संस्था कमल , कमल कृषि सहकारी संस्था कमल, गौरी सहकारी संस्था गौरीगञ्ज र मेलमिलाप बचत तथा ऋण सहकारी संस्था गौरीगञ्ज पनि निश्क्रिय रहेको जिल्ला सहकारी संघ झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्