झापा, पुष २८ । राष्ट्रिय भाक्का दिवसको अवसरमा भद्रपुरमा आइतवार भाक्का पीठ उत्सव मनाइएको छ ।

उत्सवमा सहभागी हुँदै सयौले भाक्का , पीठ, पेल्का, फोद्गो, सुकाती, खारी , सिदललगायतका मौलिक परिकारहरुको स्वाद लिएका छन् । ३०० केजी पिठोको भाक्का बनाएर सहभागीहरुलाई खुवाइएको आयोजक राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तम राजवंशीले बताए । उनका अनुसार २५ जना महिलाले सामूहिकरुपमा भाक्का बनाएका थिए ।

उत्सवमा झापाका १५ पालिकासहित भारत पश्चिम बङ्गालको सिलिगुडी, दार्जिलिङ, आसामका जातीय सांस्कृतिक कलाकार टोलीको सहभागिता रहेको थियो । उत्सव सम्पन्न गर्न करीव चार लाख बढी खर्च हुने अध्यक्ष राजवंशीले जानकारी दिए । पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले उद्घाटन गरेको कार्यक्रममा राष्ट्रिय कलाकार टंक बुढाथोकी, स्थानीयसहित कलाकारहरुको बजोड प्रस्तुती रहेको थियो ।

पूर्वी तराईका राजवंशी, ताजपुरिया,गनगाईलगायतका आदिवासी जातिको मौलिक परिकार भाक्कालाई प्रवर्द्धन गर्नका लागि शुरु गरिएको भाक्का दिवसका अवसरमा विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्