झापा, पुष २८ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवा सुनसरीले बिर्तामोड ५ स्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा रोक्न निर्देशन दिएको छ ।

साधारण सभाका सम्बन्धमा केही गुनासाहरु आएकाले थप केही बुझ्नुपर्ने भएको हुँदा हाललाई साधारण सभा तत्काल स्थगन गर्न रजिष्ट्रार हरिबहादुर खत्रीले पत्रमार्फत निर्देशन दिएका हुन् । अहिले सो सहकारी संस्थाको १७ औ वार्षिक साधारण सभा चलिरहेको छ ।
आज गरामनीमा इकाइगत साधारण सभा भएको थियो भने भोलि माइन्यूट प्रमाणीकरण सभा रहेको छ । साधारण सभा चलिरहेकाले त्यसलाई रोक्न नमिल्ने सहकारीका अध्यक्ष केशव बस्नेतले बताए । नरेश थापा मगरले हालेको उजुरीका सम्बन्धमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले सो निर्देशन दिएको बुझिएको छ ।
