बिर्तामोड , माघ २ । झापाको बिर्तामोड ४ स्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७औं स्थापना दिवस बिर्तामोड ४ मा रहेको स्नेहा माया घर बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरूलाई सहयोग गरेर मनाएको छ ।

संस्थाका अध्यक्ष देवेन्द्रकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष घनश्याम चौधरीले संस्थाको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए।

उनले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बृद्धबृद्धाहरूलाई सहयोग गरेर स्थापना दिवस मनाएको बताए। गुरूप्रसाद डिकमाया फाउन्डेसनका संस्थापक गुरूप्रसाद ओझाले गुरूप्रसाद डिकमाया फाउन्डेसनद्वारा बिगत एक बर्षदेखि सञ्चालित बृद्धाश्रममा ६जना बृद्धबृद्धा रहेको बताए। उनले बृद्धबृद्धाहरूलाई सहयोग गरेकोमा माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद दिए। बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले पनि बोलेका थिए ।

कार्यक्रममा संस्थाका पदाधिकारीहरूले बृद्धबृद्धाहरूलाई खाद्यान्न सामग्री बितरण गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक दीपक साफीले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्